INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१० र १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले ५५ वर्षीय वृद्धलाई ६ महिना कैद, २ हजार रुपियाँ जरिबाना र ५ हजार रुपियाँ क्षतिपुर्ति उपलव्ध गराउने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले फागुन २२ गते दुई ओटै घटनामा दोषी ठहर गर्दै ६/६ महिना कैद, २/२ हजार रुपियाँ जरिबाना र ५/५ हजार रुपियाँ क्षतिपुर्ति उपलव्ध गराउने फैसला गरेको हो ।

मादक पदार्थ सेवन गरी पुस २५ र २७ गते छुट्टा छुट्टै बालिकाकाहरूको स्तन छुने र आफनो यौनाङ्ग खेलाउन लगाउने गरेको भन्दै पीडित पक्षले माघ २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्षले उजुरी दिएको थियो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण माघ २ गते नै राप्ती प्रादेशिक अस्पतालमा गरिएको थियो । माघ २१ गते मुद्दा दर्ता भएको अदालतले एक महिनामै फागुन २२ गते फैसला गरेको हो ।

बालिकाहरू एकजना छोराकी छोरी र अर्की छोरीकी छोरी हुन् । नातिनीहरूलाई घरमै यौन दुर्व्यवहार गरेको प्रहरीले जनायो ।

अन्य

भिडियो