१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीलाई जिल्ला अदालतको फागुन १९ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ति सहित १५ हजार जरिबानाको सजाय सुनाएको छ ।
पीडित बालिकालाई आरोपितले गत मङ्सिर २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पुस २ गते जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा गरिएको थियो ।