महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
अस्पतालमा कानुनी प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट आफ्नै मेडिकलबाट औषधि किन्न बाध्य पारेको र चेकजाँच नगरी निरोगिताको प्रमाणपत्रमा सही छाप गरी बजारमा विक्री वितरण गरेको आरोपमा डाक्टर उपाध्यायलाई असोज २० गते उनकै कार्यकक्षमा विप्लव माओवादीका कार्यकर्ताले मोसो दलेको पीडितले बताएका छन् ।
मोसो दलेर फर्केका माओवादीका कार्यकर्ताहरूले डा. उपाध्यायलाई कारबाही गरेको उल्लेख गरिएको पत्र समेत छोडेका थिए । डाक्टर माथि अमानवीय व्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।