१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–१ कटहरेका २५ वर्षीय मीनकुमार श्रेष्ठलाई फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २० गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर गङ्गा पौडेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा फागुन २० गते गरिएको छ ।