INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

शिवरात्रीको दिन मन्दिरमा पुजा गर्न गएका दलित महिलामाथि जातीय विभेद गरेको आरोपमा धनगढी उमनपा–५ स्थित भैरव मन्दिरकी महिला पुजारी ४० वर्षीया गङ्गा गिरीलाई फागुन २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

स्थानीय दलित महिलाहरू शिवरात्रीको दिन बिहान ९ बजे मन्दिरमा पुजा गर्न जाँदा पुजारी गिरीले तिमीहरू दलित डुमले मन्दिर किन छोएको भनी पुजा सामग्री नै हातबाट हुत्याउनुको साथै जातीय विभेदजन्य शब्दहरू प्रयोग गरी गालीगलौज गरेको पीडित आसु ताम्राकारले बताइन् ।

पुजा गर्न गएको अवस्थामा मन्दिर परिसर भित्रै गरीले जातिय विभेद गरेको भन्दै धनगढी उमनपा – ५ की आसु ताम्राकार र कौशिल्ला ताम्राकारले फागुन २० गते नै प्रहरीमा उजुरी दिएपछि तत्काल अरोपित गरीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमाराखि अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी हरिबहादुर वलीले बताए ।

अन्य

भिडियो