१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–१० का ३८ वर्षीय पलटु महरा विरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारले फागुन १९ गते उजुरी दर्ता गरेको छ ।
पीडित परिवारका अनुसार आरोपितले फागुन १७ गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा सोही दिन उजुरी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन १७ गते गरिएको थियो ।