INSEC Online

📅 २०८३ जेष्ठ २१

जलेश्वर कारागारबाट फरार कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका कैदी ६० वर्षीय सुशील दास तत्मालाई बलवा नगरपालिका – ८ बाट प्रहरीले गिरफ्तार गरेको छ ।

तत्मालाई ०८३ वैशाख ९ गते घरमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको डिएसपी शैलेन्द्र भट्टले बताए । लेनदेन मुद्धामा कैद भुक्तान गरिरहेका तत्मालाई सोही दिन कारागार प्रशासनले बुझिलिएको सूचना अधिकारी रविन ठाकुरले जानकारी दिए ।

 मधेश प्रदेश कार्यालय

अन्य

भिडियो