INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई वैशाख ९ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ भदौ ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८३ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा शिवसताक्षी नगरपालिका–५ बाट आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पतालमा वैशाख ९ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो