INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको कसुरमा चार महिना कैद सजाय

पोखरा महानगरपालिका–२४ कास्कीकोटकी निर्वाचित दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद गरेको कसुरमा कास्की उच्च अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटका वडाध्यक्ष भरत बहादुर अधिकारीलाई चार महिना १५ दिन कैद सजायको फैसला गरेको छ ।

उच्च अदालतका न्यायाधिश अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको ०८३ वैशाख ९ गते गतेको संयुक्त इजलाशले आरोपितलाई भेदभाव तथा छुवाछुत सम्बन्धीको कसुर ठहर गरी चार महिना १५ दिन कैद, ७५ हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएकोे अधिवक्ता कुञ्जनी परियारले जानकारी दिनु भयो ।
पीडित पक्षले ०७९ पुस २३ गते जातीय विभेद गरेको भन्दै पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले ०७९ पुस २६ गते गिरफ्तार गरी अनुसन्धान पश्चात ०८० भदौ ७ गते अदालतमा पेस गरेकोमा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ०८० भदौ ७ गते अधिकारीलाई चार महिना कैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको थियो । जिल्लाको फैसलाविरुद्ध वडाध्यक्ष अधिकारीले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको हो ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो