सिरहा जिल्ला कारागार भित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले कारागारका २३ जना कैदीबन्दीहरुलाई ०८३ वैशाख ८ गते नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेश बहादुर पालले वैशाख ६ गते कारागारका चौकीदार प्रेम चौधरीलाई कारागार बाहिर निकाली आन्तरिक प्रशासन आफ्नो नियन्त्रनमा लिन खोजेको सूचना आएपछि शम्भु गौतम, रामदेव यादव लगायतका कैदीहरुको समूहका २३ जनालाई नियन्त्रनमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको बताउनु भयो । कारागार प्रशासनले कैदीहरुलाई कारागार स्थान्तरण गर्ने प्रकृया शुरु गरेको डिएसपी पालले बताउनु भयो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक