INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नगरपालिका–६ की ४७ वर्षीया मुनी देवी महतोलाई ०८२ चैत १९ गते ‘बोक्सी’ आरोपमा गालिगलौज र कुटपिट गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मोहरलाल यादव र ३६ वर्षीय विवेक कुमार महतोविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८३ वैशाख ७ गते उजुरी दिएकी छन् ।

पीडित महिलाको उपचार चैत १९ देखि २१ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो । स्थानीय जनप्रतिनिधिहरुले ०८२ चैत २७ गते घटनालाई गाउँमै मिलापत्र गराउन प्रयास गरेको पीडितको आरोप छ । आरोपितहरु फरार रहेकाले खोजतलास भइरहेको इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिए ।

 बुधन साह

अन्य

भिडियो