१२ वर्षीया बालिकालाई ०८३ वैशाख ७ गते बलात्कार गरेको आरोपमा बर्दिबास नगरपालिका–१३ बिजलपुरा बस्ने ४५ वर्षीय ‘बेचु’ भन्ने शिव शंकर आले मगरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले सोही दिन गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दियो।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख ७ गते बर्दिवास अस्पतालमा भयो ।