INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवन जिल्लाको कठार नगरपालिका–४ घर भई कटारी नगरपालिका–८ को जनप्रिय आधारभूत सिरिसेमा अस्थायी शिक्षक पदमा कार्यरत २८ वर्षीय विनोद लोहनीलाई फागुन १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

बलात्कारपछि भाग्न लाग्दा अस्थायी प्रहरी चेकप्वाइन्ट बेतेनीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको एसपी राईले बताए ।

आरोपितविरूद्ध पीडित पक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते कटारी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो