जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा क्षमता भन्दा धेरै संख्यामा विभिन्न घटनाका आरोपितहरुलाई थुनेर राखिदा थुनुवाहरुकमा स्वास्थ्यमा समस्या देखिएको छ । चार जना पुरुष र दुई जना महिला गरी ६ जनाको क्षमता रहेको हिरासत कक्षमा हाल १६ जना थुनुवा राखिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी हवल्दार दिनेश गोलेले बताउनुभयो । हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा लागु औषध– खैरो हिरोइन मुद्दाका एक फिलिपिन्स नागरिक सहित दुई जना महिला छन् भने पुरुष कक्षमा दुई जना लागु औषध मुद्दाका, दुई जना बलात्कार घटनाका, सात जना मिलापत्र गर्न नहुने कसुकार र तीन जना ठगी मुद्दाका आरोपित रहेका छन् । क्षमता भन्दा निकै बढी ब्यक्तिहरुलाई राखिएकाले आफुलाई श्वासप्रश्वासको समस्या भएको प्रहरी हिरासतमा रहेका नेमाघिसिङ दोङले बताउनुभयो । उहाँका अनुसार राती पालो गरेर सुत्नु पर्ने समस्या समेत रहेको छ । आरोपितहरुलाई हिरासतमा राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने हुँदा उनीहरुलाई राख्ने अन्य कुनै बैकल्पिक स्थान नभएकोले भएकै स्थानलाई उपयोग गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको