२३ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरपाटी गाउँपालिका निवासी ४५ वर्षीय पतिलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
मदिरा सेवन गरी शारीरिक यातना दिएर इच्छा विपरीत पटकपटक बलात्कार गरेको भन्दै फागुन १४ गते पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १४ गते जिल्ला अस्पताल अछाममा गरेपछि सेफ हाउसमा राखिएको र आरोपितलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कलेन्द्र शाहीले जानकारी दिए ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको