INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका – १ चम्कीयाका ३१ वर्षीय शिव मंगल यादवलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको फागुन ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय, ५ हजार रुपियाँ जरिबाना, क्षतिपूर्ति बापत ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापतको रकम भराई दिने र २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८२ कात्तिक २५ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय,रुपन्देहीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई कात्तिक २५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो