INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका–६ का ३३ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ चैत २५ गते उजुरी दिएको छ ।

आरोपितले बालकलाई रोजगारीको प्रलोभन देखाई चैत ११ गते भारतको विहार राज्य पटनास्थित मुझफ्रपुरमा लैजादै गर्दा प्रहरी चौकी कार्यालय संग्रामपुर अन्तरगत नेपाल भारत सिमामा खटिएका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा बालकलाई छाडेर भारत तर्फ नै फरार भएको प्रहरीले जनाएको छ ।

बालकको प्रादेशिक अस्पताल मलंगवामा स्थास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाएको इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिनु भयो।

बुधन साह

अन्य

भिडियो