INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१ की २४ वर्षीया मालती कुमारी महतोलाई ०८२ चैत १७ गते  पति २५ वर्षीय सुरेन्द्र कुमार महतो र सासु ४९ वर्षीय फुलचन देवी महतो नुनीयाले थप दाइजो माग गर्दै कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडितले चैत २३ गते उजुरी दिनु भएको छ । विवाहमा १ लाख रुपियाँ नगद र एक तोला सुनको सिक्री दिएको भएपनि छोरीलाई पटक पटक दाइजोको निहुँमा यातना दिने गरेको पीडितका बुबा ४८ वर्षीय राकेश महतोले बताउनु भयो । कुटपिटका कारण घाइते भएकी मालतीको उपचार चैत १७ गतेदेखि १८ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो । घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिनु भएको छ ।

 बुधन साह

अन्य

भिडियो