INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सखुवानन्कारकट्टी गाउँपालिका–१ का १८ वर्षीय दिपेन्द यादवलाई जिल्ला अदालतले फागुन १३ गते १० वर्ष कैद र ५० हजार क्षतिपुर्तिको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका रजिष्ट्रार नरेन्द्रकुमार श्रेष्ठले बताए ।

सोही ठाउँका अर्का आरोपित २२ वर्षीय जिवेन्द्र यादव फरार रहेकोले उनको सजाय मुल्तवीमा राख्ने आदेश भएको रजिष्ट्रार श्रेष्ठले बताए ।

आरोपितहरूले ०७४ असोज १४ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज १७ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपित दिपेन्द्र यादवलाई असोज १७ गते गिरफ्तार गरेको थियो भने अर्का आरोपित फरार रहेका थिए । जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक १४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो