१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभूमि नगरपालिका–२ गोरुसिंङ्गेका ६६ वर्षीय रेशम बहादुर खड्कालाई तीन महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश राम प्रसाद बस्यालको चैत १४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय, ३ हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ पीडितलाई भराई दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८२ मङ्सिर २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २० गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई मङ्सिर २० गते गिरफ्तार गरेको थियो ।