INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार

पुचौँडी नगरपालिका–७ स्थित कोटीला स्वास्थ्यचौकीमा कार्यरत २८ वर्षीय अनमी माया भट्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले पुचौँडी नगरपालिका–७ स्थित कोटीला स्वास्थ्यचौकीका प्रमुख ३४ वर्षीय सुमन लुहारलाई चैत २२ गते धनगढीबाट गिरफ्तार गरेको छ ।

स्वास्थ्यकर्मीलाई चैत २२ गते कुटपिट गरिरहेको अवस्थामा स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछl आरोपित लुहारलाई गिरफ्तार गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।

धनगढी उपमहानगरपालिका–१ अदातल रोड क्षेत्रमा आरोपितले पीडित भट्टको टाउकोमा इट्टा प्रहार गर्दा गहिरो चोट लागेर घाइते भएकी भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित लुहारसँग आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको, आरोपितले १५ /१६ लाख रुपियाँ दिन बाँकी रहेको र पुर्चौडीबाट धनगढीसँगै आएको समयमा अन्य व्यक्तिसँग कुरा गरेको आरोपमा लुहारले आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनु भयो ।

पीडित महिलाका पति वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहनुभएको समेत प्रहरीले जनाएको छ ।

नरी बडु

अन्य

भिडियो