१६ वर्षीया बालिकालाई ०८२ चैत १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–४ लहरौलीका २१ वर्षीय गुलामुदिन हजामलाई ०८२ चैत २० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।