६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नपा–१० का २५ वर्षीय प्रकाश थारुलाई फागुन १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर मदन ठाकुरले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।