१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ का ४२ वर्षीय मन बहादुर चौधरीलाई ०८२ चैत १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई फागुन २१ गते बलात्कार गरेकोमा स्थानीयहरुको मिलेमतोमा मेलमिलाप गरिएको खबर पाएपछि इन्सेक प्रतिनिधिले इलाका प्रहरी कार्यालय सालझण्डीसँग समन्वय गरी बालिकाको उद्दार र आरोपित विरुद्ध चैत १९ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिइएको थियो ।
बालिकाका आमा बुबा नभएको र हजुरबुबा हजुरआमासँग बस्दै आएकी विपन्न परिवारकी बालिकालाई घटनाका विषयमा कसैसँग नभन्न भनी धम्की समेत दिइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
इन्सेक प्रतिनिधिले घटनाका विषयमा इलाका प्रहरी कार्यालय सालझण्डी, बालहेल्पलाईन, बालबालिका खोजतलास लुम्बिनी प्रदेश समन्वय कार्यालयसँग पनि समन्वय गरेर बालिकालाई सुरक्षित राख्नका लागि पहल गर्नु भएको छ ।