नौ वर्षीया भावना बुढालाई विष खुवाई हत्या गरेको कसुरमा जिल्ला अदालतले महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढालाई जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट फागुन १२ गते सो फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।
०७५ असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिीमा विष घोलेर खुवाएको कारण छोरी भावना बुढालाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
शर्मिलाले एउटै घटनामा विष खुवाएकी १३ वर्षीय छोरा भूपेन्द्र बुढालाई नेपालगञ्ज पुर्याएर उपचार गरी निको भई घर फर्किएपछि असार असार २६ गते प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
मृतकको शव पोष्टमार्टम असार ९ गते नै दैलेख लिल्ला अस्पतालमा भएको थियो । दैलेख जिल्ला अदालतको आदेशमा आरोपितलाई साउन १४ गतेदेखि नै पुर्पक्षका लागि जिल्ला कारागार थुनामा पठाएको थियो ।