नरहरिनाथ गाउँपालिका–३ का २२ वर्षीया मनपुरा अधिकारी बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३२ वर्षीय पति काशिराम बुढालाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको छ ।
अत्याधिक मदिरा सेवन गरी आएका पतिले पत्नीलाई चैत १४ गते कुटपिट गरी हत्या गरेको आरोपमा मृतकका दाजुले आरोपितविरुद्ध चैत १५ गते उजुरी दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो । शवको पोष्टमार्टम चैत १६ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताउनु भयो ।