एक बालिकालाई केही वर्ष अघी घरमा राखेर बालश्रम गराएको घटनाको आरोपित लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई ०८२ चैत १५ गते राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको धुम्बाराहीस्थित घरबाट गिरफ्तार गरेको छ ।
नेकपा (एमाले) बाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो ।
प्रहरीले सांसद शर्मालाई गिरफ्तार गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।