INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय पुरुषलाई ०८२ चैत १० गते गिरङ्खतार गरेको छ ।

आरोपितले बालिकालाई चैत १० गते दिउँसो विद्यालयबाट परीक्षा दिएर घरमा आई खाजा खाँदै गरेको अबस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते बेलुका जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका छन् ।

प्रहरीले घटना अनुसन्धानका लागि चैत ११ गते अदालतबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी दिवश बहादुर जि.सी.ले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

कुल बहादुर नेपाली

अन्य

भिडियो