INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत बिहारको मधुबनी राज्य धर्मपुर–५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई फागुन ९ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको फागुन ९ गतेको इजलासले पोद्दारलाई पाँच वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

घटनास्थलबाट गाउँलेहरूले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको र पीडित तथा तत्काल घटनास्थलमा उपस्थित व्यक्तिहरूले गरेको बयानलगायतका आधारमा आरोपितले बलात्कार गरेको पुष्टि भएकोले कैद सजायको फैसला गरिएको न्यायाधीश सञ्जेलले बताए ।

पीडितले गुहार मागेपछि जम्मा भएका गाउँलेहरूले आरोपितलाई ०७४ कात्तिक १५ गते राति नियन्त्रणमा लिई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए ।

पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७४ कात्तिक १६ गते दिएको उजुरी सोही दिन दर्ता भएको थियो ।

प्रहरीका अनुसार गाउँलेहरूको कुटाइबाट घाइते भएका आरोपितको सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार समेत भएको थियो ।

दशगजा सिमा नजिक घर भएकाले पोद्दारले डर, त्रास देखाई बलात्कार गरेको र गुहार मागेपछि जम्मा भएका गाउँलेले उनलाई नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएको पीडितले बताइन् ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७४ कात्तिक १६ गते भयो ।

जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि ०७४ मङ्सिर १३ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो