INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो इनिशा मृत्युको अनुसन्धान प्रतिवेदन

प्रहरीले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत ११ गते घटनासम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको हो ।

०८२ फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य तीन जना बालकहरुलाई समेत गिरफ्तार गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । उहाँले प्रतिवेदनको निष्कर्षबारे भने केही खुलाउनु भएन ।

प्रहरीले निष्कर्ष सार्वजनिक नगरेपछि पीडित परिवार सशंकित बनेको छ । परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ । इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो