INSEC Online

📅 २०८३ जेष्ठ २१

नौबस्ता बाल सुधार गृहबाट फरार थुनुवा गिरफ्तार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल सुधार गृहबाट फरार भएका एक थुनुवालाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चैत ८ गते वीरेन्द्रनगर–९ लाटिकोइलीबाट १८ वर्षीय गोविन्द थापालाई गिरफ्तार गरेको हो ।

प्रहरीका अनुसार थापा नौबस्ता स्थित बाल सुधार गृहबाट गत भदौ २४ गते नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा फरार भएका थिए । उनी लागुऔषध (ब्राउन सुगर) मुद्दामा थुनामा रहेका थिए ।

गिरफ्तार भएका थापालाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो