गौरीगञ्ज गाउँपालिका- ५ का वडाध्यक्ष ४५ वर्षीय बद्रीनारायण यादव र सोही वडा कार्यालयमा कार्यरत कर्मचारीलाई चैत ८ गते गालीगलौच र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका ६ का वडासदस्य नितेशकुमार साहलाई गिरफ्तार गरेको छ ।
भारतबाट केटाकेटी भागेर आएको विषयमा भएको छलफलका क्रममा आरोपितले वडाध्यक्षसहित कर्मचारीलाई दुव्र्यवहार र गाली गरेपछि आरोपितविरुद्ध ०८२ चैत ८ गते इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उजुरी दिएको वडाध्यक्ष यादवले बताउनु भयो ।
मादक पदार्थ सेवन गरेर जनप्रतिनिधि र कर्मचारीमाथि गालीगलौच गरेको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको असइ मानबहादुर मिश्रले बताउनु भयो ।
आरोपितलाई इलाका प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।