आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले ०८२ चैत ५ गते गिरफ्तार गरेको छ ।
केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका तनहुँ जिल्ला देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका थिए । गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र १ लाख रुपियाँ जरिवाना फैसला भई कागारार कैद सजाय भुक्तान गरिरहेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई कङ्कीबाट गिरफ्तार गरिएको जानकारी दिनुभयो । गिरफ्तार गरिएका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उहाँले बताउनुभयो ।