INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रातोपाटी अनलाइन, हाम्रोमत अनलाइन र गोरखापत्रमा कार्यरत ३९ वर्षीय पत्रकार अर्जुनकुमार आर्चायलाई कुटपिट गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका- ६ का ४५ वर्षीय युवराज पाठकलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।

शिवसताक्षी नगरपालिका ४ स्थित बुलुचोकमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले आरोपित पाठकलाई गिरफ्तार गरेको हो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुप्रसाद तिम्सिनाले बताउनु भयो ।

०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा, निर्वाचन क्षेत्र न.५ को चुनावी घरदैलो अभियानको समाचार सङ्कलनका क्रममा ०८२ फागुन १४ गते कुटपिट भएपछि पीडित पत्रकारले आरोपितविरूद्ध फागुन १५ गते प्रहरीमा उजुरी दिनु भएको थियो ।

समाचार सङ्कलनका क्रममा फागुन १४ गते कमल गाउँपालिका–६ चोमोलुङस्थित सार्वजनिक बाटोमा सोही ठाउँका ४५ वर्षीय युवराज पाठकलगायतले कुटपिट गरेको आरोपमा पीडित पत्रकारले फागुन १५ गते इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको बताउनु भयो ।

मोरङको कानेपोखरी गाउँपालिका–५ घर भइ विराटनगर महानगरपालिका–१२ मा बसेर पत्रकारिता गर्दै आउनु भएका आर्चायलाई एमाले निकट युथ भोलेन्टियर्स फोर्सका कार्यकर्ताले फागुन १४ गते कुटपिट गर्नुका साथै मोवाइल थुतेर लगेका थिए ।

घटनामा नौरदश जनाको संलग्नता भएपनि तत्काल पहिचानका आधारमा एक जनाविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित पत्रकारको भनाइ छ ।

केपी शर्मा ओलीको अन्तरवार्ता रातोपाटी अनलाइनका लागि लिन गएको अवस्थामा कुटपिट भएको पीडित पत्रकारको आरोप छ ।

कमल गाउँपालिका–६ मा एमालेले घरदैलो कार्यक्रम गरिरहेको र युथ भोलेन्टियर्स फोर्सका कार्यकर्ताले फागुन १४ गते कमल गाउँपालिका–६ मा भोट केमा भनेर नारा लगाएपछि एउटा घरमा रहेका केही छोरी मान्छे घण्टीमा भनेपछि विवाद भएको थियो ।

युथ भोलेन्टियर्स फोर्सका कार्यकर्ताले हरेक घरमा घण्टी भनेर दिक्क लगाएको भन्दै ति छोरीमान्छेमाथि अश्लिल गालीलगौच गरेको भिडियो र फोटो खिचेपछि आफूलाई कुटपिट भएको पीडित पत्रकारको आरोप छ ।

कुटपिटबाट अनुहार, नाक र ढाडमा चोट लागेका पत्रकारको न्यूरो अस्पतालमा फागुन १४ गते उपचारपछि डिस्चार्ज भएको थियो ।

नेपाल पत्रकार महासङ्घ केन्द्र, कोशी प्रदेश, जिल्ला शाखा, प्रेस सेण्टरलगायत सञ्चार सम्वद्ध संस्थाले विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेका थिए ।

मानव अधिकार रक्षक सम्बन्धी घोषणा पत्र सन १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।

नरेश खाती

अन्य

भिडियो