INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ फागुन २७ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई फागुन २७ गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २७ गते उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते जिल्ला अस्पताल, कञ्चनपुरमा गरिएको छ ।

लिली कुँवर

अन्य

भिडियो