INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–६ का ५० वर्षीय राजकुमार शाहलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चार महिना अगडि ललाफकाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

कसैलाई भने मारिदिने भन्दै धम्की दिएकाले बालिका चुपचाप बसेकोमा पेटमा बच्चा बसेपछि वाकवाकी लाग्न थालेकाले आमाबुवाले के बिरामी परेको भनी अस्पतालमा जाँच गराउँदा गर्भ रहेको पुष्टी भएको थियो ।

आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा फागुन ६ गते उजुरी गरे । शाहले उजुरी नगर्न भन्दै भारतमा लगेर चार दिन अगाडि गर्भपतन गराएका थिए ।

अन्य

भिडियो