१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान जिल्ला झिमरुक गाउँपालिका–१ सौतामारेका ३१ वर्षीय पुरुषलाई प्रहरीले ०८२ फागुन १४ गते अर्घाखाँचीको हंसपुरबाट गिरÏतार गरेको छ ।
पीडितलाई आरोपितले पुस २१ गते दिउँसो सन्धिखर्क उपचारका लागि आउँदै गर्दा मालारानी गाउँपालिका हंसपुर टिमुरेको जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन १३ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।