INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित धामी गिरफ्तार

नरहा गाउँपालिका–३ की ५० वर्षीया वौवावती महतोलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय धामी सुकन मण्डललाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन ५ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल र दुई जना नाम नखुलेका महिलाहरूले माघ २४ गते कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १ गते उजुरी दिइएको थियो ।

पीडित महिलाका अनुसार आरोपितहरूको परिवारले आफूलाई र सञ्जितलाई बोक्सी लगाई बिरामी पारेको भन्दै ठिक पार नत्र आगो लगाइदिन्छु भन्दै कुटपिट गरेको बताइन् ।

२० दिनदेखि आरोपित सञ्जित सदा बिरामी परेको र धामी झाँक्री लगाउँदा पीडित बोक्सी भएको भन्ने धामीबाट जानकारी भएपछि उनलाइ मेरो छोरा ठिक पारी दिन अनुरोध मात्र गरेको कुटपिट नगरेको आरोपित सञ्जितको आमा जिबछी सदाले बताइन् । अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको डिएसपी खनालले

अन्य

भिडियो