१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाउँपालिका–२ का ६८ वर्षीय दण्डबहादुर बिकलाई फागुन २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालार्य आरोपितले माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी निर्मल बुढाथोकीले बताए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।