INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा उजुरी

नरहा गाउँपालिका–३ की ५० वर्षीया बौवावती महतोलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा पीडित परिवारले सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल र दुईजना नाम नखुलेका महिलाविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १ गते उजुरी दिएको छ ।

पीडितका अनुसार माघ २४ गते आरोपितहरूको परिवारले सञ्जितलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै ठिक पार नत्र आगो लगाइदिन्छु भन्दै कुटपिट गरेका थिए ।

२० दिनदेखि आरोपित सञ्जित सदा बिरामी परेको र धामीझाँक्री लगाउँदा पीडित बोक्सी भएको भन्ने धामीबाट जानकारी भएपछि उनलाइ मेरो छोरा ठिक पारी दिन अनुरोध मात्र गरेको कुटपिट नगरेको आरोपित सञ्जितकी आमा जिबछी सदाले बताइन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

अन्य

भिडियो