INSEC Online

📅 २०८३ जेष्ठ २१

१४ वर्षीय बालकको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला

पाल्पा स्थायी घर भई पोखरा मनपा–६ लेकसाइड बस्दै आएका १४ वर्षीय बालक सचिन सिञ्जालीको घाँटी रेटेर हत्या भएको अवस्थामा माघ २९ गते शव फेला परेको छ ।

सिञ्जालीको शव लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते बिहान फेला परेको थियो । लेकसाइडमा परिवारसँग बस्दै आएका सिञ्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको देखिएको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए ।

घटनास्थल सुरक्षित राखेर हत्यामा संलग्नको खोजी गरिरहेको डिएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको वडा प्रहरी कार्यालय, बैदामले जनाएको छ ।

अन्य

भिडियो