INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली लुटेको आरोपमा एक जना गिरफ्तार

नवयुवा पुस्ताको प्रर्दशनका क्रममा इलाका प्रहरी कार्यालय, इटहरीबाट गोली लुटेको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

तीन राउण्ड गोली लुटेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का टीकाराम श्रेष्ठलाई ०८२ माघ २७ गते गिरफ्तार गरेको हो ।

श्रेष्ठको साथबाट एसएलआर राइफलमा लाग्ने दुई राउण्ड र थ्रीनट–थ्री राइफलमा लाग्ने एक राउण्ड गोली भेटिएको प्रहरीले जनाएको छ ।

मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा श्रेष्ठको घरमा खानतलासी गर्दा चोरी भएको मोबाइल सेटसहित गोली फेला परेको इलाका पहरी कार्यालय, इटहरीका डिएसपी सुवास हमालले बताउनु भएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो