चन्दननाथ नगरपालिका–८ जातीभिड गाउँका २७ वर्षीय अनिल कुमार थापा करिब एक दशकदेखि खोरमा बस्दै आएका छन् । नौ वर्षअघि ०७३ सालमा अनिल काठमाडौँमा सवारी दुर्घनामा पर्नुभयो । त्यतिबेला काठमाडौँ स्थित केएमसी अस्पतालमा उहाँको उपचार भयो । दुघर्टनामा पर्दा मस्तिष्क र ठाउकोमा चोट लागेको अनिलकी आमा हाँसुदेखि थापाले बताउनु भयो ।
‘स्कूलबाट भागेर काठमाडौँसम्म पुगेको छोरा दुई/चार वर्ष कहाँ थियो ? थाहा थिएन,’ उहाँले भन्नुभयो, ‘सवारी दुर्घटनापछि सामाजिक सञ्जालमार्फत काठमाडौँ रहेको थाहा भयो,’ उहाँले भन्नुभयो, ‘उपचार त गरियो तर, सञ्चो भएन, अचेत अवस्थामा हिँडडुल गर्ने, घरमा नबस्ने भएपछि घेरबार गरेर राख्न बाध्य छौं ।’ घरमै तारजालीले घेरबार गरेको सानो खोर बनाएर राखिएको हाँसुदेविले बताउनु भयो । हाँसुदेवि एक्लैले छोराका स्याहारसुसार समस्या भएको भन्दै मानव सेवा आश्रम जस्ता संघ संस्थासँग सहयोगको अनुरोध गर्नुभएको छ ।
