दुर्गा प्रसाईका समर्थकहरुले तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि ०८२ माघ १८ गते दिउँसो प्रहरीले हस्तक्षेप गरी तीन जनालाई गिर।फ्तार गरेको छ ।
प्रसाईले भरतपुरको चौविसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा केहीबेर प्रहरी र प्रसाई पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले चन्द्रागिरी नगरपालिका– १० का २८ वर्षीय सुमन बोहोरा, रत्ननगर नगरपालिका १३ बूनेका २९ वर्षीय नविन पौडेल र कालिका नगरपालिका बस्ने पीयोर महतोलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
प्रशासनले दुर्गा प्रसाईलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो ।