बालविवाह गरेको कसुरमा सिस्ने गाउँपालिका–६ का १८ वर्षीय सुवास नेपालीलाई जिल्ला अदालतले छ महिना कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिस शिवप्रसाद खनालको माघ १८ गतेको इजलासले दोषी ठहर गर्दै छ महिना कैद, ५ हजार जरिबना र २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार इश्वरी सुवेदीले जानकारी दिनुभयो । पीडित पक्षले १३ वर्षीया बालिकालाई ०८२ भदौ २ गते बलात्कार गरेको भन्दै नेपालीविरुद्ध ०८२ भदौ ३ गते जिल्ला प्रहरी कार्यालय रुकुमकोटमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ ३ गते जिल्ला अस्पताल रुकुमकोटमा भएको थियो । प्रहरीले आरोपितलाई भदौ ४ गते घरबाटै गिरफ्तार गरी भदौ २९ गते जवरजस्तीकरणी सम्वन्धी मुद्दा चलाएको जिल्ला अदालतका न्यायाधिस खनालको इजलासले बालविवाह ठहर गर्दै कैद गर्ने फैसला गरेको स्रेस्तेदार सुवेदीले जानकारी दिनुभयो ।