कृष्णनगर नपा– ८ स्थायी घरभई कृष्णनगर नगरपालिकाका नगर प्रमुख ५४ वर्षीय रजत प्रताप शाहलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक नैतिकता, शिष्टचार तथा घृणा फैलाई चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कृष्णनगर नगरपालिका–३ का ३७ वर्षीय विकास त्रिपाठीलाई २० हजार जरिबाना गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको ०८२ पुस २२ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई २० हजार जरिबाना २ सय पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ असोज ११ गतेदेखि निरन्तर सामाजिक सञ्जालमा मार्फत अश्लीन शब्द प्रयोग, फोटो बनाई चरित्र हत्या गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई १७ गते घरबाटै गिरफ्तार गरयो ।