INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका– २ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँकै १९ वर्षीय दिनेश कुर्मीलाई जनही तीन वर्ष कैदको सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको ०८२ पुस २६ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितद्धयलाई जनही तीन वर्ष कैद सजाय, ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई २०८१ जेठ ३१ गतेदेखि असार ५ गतेसम्म अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडित पक्षले ०८१ असार १ गते जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई ०८१ असार ५ गते भारतको मुम्बईबाटै गिरफ्तार गरी पीडित बालिकाको उद्धार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण ०८१ असार ७ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो ।

रीमा बि.सी.

अन्य

भिडियो