INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का २६ वर्षीय अब्दुल सपुतलाई सात वर्ष कैदको सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश इश्वर पराजुलीको ०८२ पुस २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै सात वर्ष कैद, ३ लाख जरिबाना बापत असुल गर्ने र ५० हजार रुपियाँ क्षतिपूर्ति बापतको रकम पीडितलाई भराई दिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ असार ४ गतेदेखि असार ८ गतेसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोे थियो । प्रहरीले आरोपितलाई ०८१ असार ८ गते घरबाटै गिरफ्तार ग¥यो । पीडितको स्वास्थ्य परीक्षण ०८१ असार ८ गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो