INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा–१० का २१ वर्षीय सुर्य बिकलाई माघ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले माघ २३ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते नै गह्रौ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो