INSEC Online

📅 २०८३ जेष्ठ २१

मण्डपबाटै रोकियो बालविवाह !

सानीभेरी गाउँपालिकामा बालविवाह मण्डपबाटै रोकिएको छ । माघ २३ गते विवाह गर्न लागेको सूचनापछि सानीभेरी गाउँपालिका–७ की १७ वर्षीया बालिकाको घरमै विवाह हुने क्रममा प्रहरीले गिरफ्तार गरी विवाह रोकिदिएको हो ।

उनको सोही गाउँपालिका–१० का १८ वर्षीय युवकसँग विवाह भइरहेको अवस्थामा उनीहरूलाई गिरफ्तार गरिएको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए ।

बालिकाका अभिभावक शिक्षक समेत रहेको बताइएको छ । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद् भएको प्रहरीको भनाई छ । गिरफ्तारपछि उमेर पुगेपछि घरजम गर्ने गरी दुवैजनालाई छाडिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो